हृदयघातले गायक समेत रहेका अभिनेता प्रशान्त तामाङलाई लग्यो 

आइतबार, पुस २७, २०८२

गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ। ४३ वर्षको उमेरमा उनको हृदयघातका कारण निधन भएको हो।

उनी मृत अवस्थामा फेला परेका थिए। पारिवारिक श्रोतका अनुसार उनको  सुतेकै ठाउँमा मृत्यु भएको हो। हृदयघातका कारण उनको निधन भएको भनिएको छ। 

इन्डियन आइडल सिजन ३ का विजेता समेत रहेका उनले हिन्दीसहित थुप्रै नेपाली चर्चित गीहरु गाएका छन्। साथै उनले नेपाली फिल्म ‘गोरखा पल्टन’ र ‘परदेशी’ मा समेत अभिनय गरेका छन्।

४ जनवरी १९८३ मा पश्चिम बंगालको दार्जिलिङमा जन्मिएका तामाङको पारिवारिक पृष्ठभूमि सामान्य खालको थियो। सानै उमेरमा बाबुको निधन भएपछि परिवारको जिम्मेवारी सम्हाल्न उनले कोलकाता प्रहरीमा कन्स्टेबलका रूपमा सेवा गरेका थिए र प्रहरी अर्केस्ट्रामा सक्रिय थिए।

उनका एक छोरी र श्रीमति छन्। 

प्रकाशित मिति: आइतबार, पुस २७, २०८२  १२:४४
प्रतिक्रिया दिनुहोस्