सोसल मिडिया
युनिकोड
सशस्त्र प्रहरी बलका डीआईजीत्रय कमल गिरी, कुलबहादुर नेम्वाङ र शम्भु सुवेदीले अवकाश पाएसँगै सशस्त्र प्रहरीमा ६ डीआईजीको दरबन्दी रिक्त भएको छ ।
तीन भाई डीआईजी गिरी, नेम्वाङ र सुवेदीले यही पुस २४ गतेदेखि अवकाश पाएका हुन् । उनीहरू डीआईजीको चार र सरकारले लम्ब्याएको थप एकवर्षे कार्यकाल पूरा भएर अवकाशमा गएका सशस्त्र प्रहरीले जनाएको छ ।
गिरी कार्यविभाग, नेम्वाङ मानव स्रोत विभाग र सुवेदी स्टाफ कलेजमा कार्यरत थिए । गिरी र नेम्वाङ ०५६ सालका ब्याची हुन् । सुवेदी ०५४ मा भर्ना भएका अधिकारी हुन् ।
उनीहरूबाहेक सशस्त्र प्रहरीको डीआईजीमा अरू तीनजनाको दरबन्दी रिक्त थियो । अब छ जना एसएसपीले डीआईजी हुने अवसर पाउनेछन्।