भेनेजुएला प्रकरणमा नेपाल सरकारले मुख फोर्यो, के-के भन्यो ?

बिहीबार, पुस २४, २०८२

नेपाल सरकारले भेनेजुएलामा हालैका घटनाक्रमहरूलाई नजिकबाट नियालिरहेको बताएको छ । परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै त्यहाँका घटनाक्रमलाई नजिकबाट नियालिरहेको बताएको हो । 

“नेपाल सरकारले भेनेजुएलामा भएका हालैका घटनाक्रमहरूलाई नजिकबाट नियालिरहेको छ,” परराष्ट्र मन्त्रालयले भनेको छ, “नेपालले सम्बन्धित सबै पक्षहरूलाई अधिकतम संयमता अपनाउन र तनाव बढाउने कार्यहरू नगर्न आह्वान गर्दछ ।”

नेपालले संयुक्त राष्ट्रसंघको बडापत्रमा उल्लेखित सार्वभौमसत्ता, क्षेत्रीय अखण्डता र राज्यको राजनीतिक स्वतन्त्रताको सिद्धान्तहरूको पूर्ण सम्मान गर्ने कुरालाई महत्त्व दिने विज्ञप्तिमा उल्लेख छ ।

“संवाद, कूटनीति र आपसी समझदारीमार्फत विवाद शान्तिपूर्ण रूपमा समाधान गरिनुपर्छ भन्ने कुरामा नेपालले जोड दिन्छ,” परराष्ट्रले भनेको छ । 

प्रकाशित मिति: बिहीबार, पुस २४, २०८२  १३:२४
प्रतिक्रिया दिनुहोस्