Dashain Banner
Dashain Banner

ओली सरकारले बर्खास्त गरेका कुलमानले बर्खास्त छल्न चार महिनामै दिए राजीनामा 

बुधबार, पुस २३, २०८२

पूर्ववर्ती ओली सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त गरेको पाँच महिनामै कुलमान घिसिङ्गले आफू प्रबन्ध निर्देशक हुँदाको तालुक मन्त्रालय ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसहित तीन मन्त्रालयको मन्त्री हुने अवसर पाए । उनी अस्ति भदौ ३० गते मन्त्री भएका थिए। 

सुशीला कार्की सरकारका महत्वपूर्ण तीन विकासे मन्त्रालयको बागडोर सम्हालेका कुलमानले मन्त्री बनेको चार महिनामै राजीनामा दिएका छन्। उर्जा बाहेक भौतिक र शहरी मन्त्री समेत भएका कुलमानले मन्त्री बाट राजीनामा दिए संगै तीन मन्त्रालय खाली भएका छन्। 

ठेक्का तोड्ने कुरामा चलखेल गरेको आक्षेप खेपेका उनी बिजुली भारतलाई बेच्ने लफडामा पनि परेका थिए। प्रधानमन्त्री कार्की समेत नकारात्मक हुने गरिका काम गर्न थालेपछि उनी राजीनामा दिने तहमा पुगेका हुन्। उच्च श्रोतका अनुसार बिहिबार भित्रमा राजीनामा नदिए बर्खास्त गर्ने प्रधानमन्त्रीको संकेतपछि उनले आजै राजीनामा दिएका हुन्। 

प्रकाशित मिति: बुधबार, पुस २३, २०८२  २१:१४
प्रतिक्रिया दिनुहोस्