पिकनिकबाट फर्किएको गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु

बुधबार, पुस २३, २०८२

काठमाडौंको शंखरापुर नगरपालिका-३ फेदी जंगलमा बुधबार साँझ भएको बस दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।

दुर्घटनामा घाइतेहरुमध्ये ३ जनाको मृत्यु भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी एसपी नरेशराज सुवेदीले जानकारी दिए । उनका अनुसार मृतकमध्ये ५५ वर्षीया शान्ति गुप्ताको मात्रै परिचय खुलेको छ ।

जर्सिङपौवाबाट साँखुतर्फ पिकनिक गएर फर्कंदै गरेको बा ४ ख ८७८८ नं. को महानगर यातायातको बस सडकबाट करिब १०० मिटर तल खसेको थियो । घटनास्थलबाट सबै जनालाई उद्धार गरी विभिन्न अस्पतालमा पठाइएको थियो । जहार्सिंगपौवामा पिकनिकमा सहभागी भएर फर्कने क्रममा गाडी दुर्घटनामा परेको थियो। 

प्रकाशित मिति: बुधबार, पुस २३, २०८२  २०:५९
प्रतिक्रिया दिनुहोस्