प्रधानमन्त्रीले बर्खास्त गर्ने सम्मको सूचना पाएपछि राजीनामा दिँदै कुलमान

बुधबार, पुस २३, २०८२

प्रधानमन्त्री सुशीला कार्कीले मुख फोरेरै राजीनामा मागेपछि रन्थनिएका कुलमान घिसिङले सकेसम्म आजै बुधवार राजीनामा दिने भएका छन्।

तीन मन्त्रालयका एक्ला मन्त्री घिसिङलाई राजीनामा गर्न चौतर्फी दबाब छ । स्वतन्त्र पार्टीको उपसभापति हुने गरि उज्यालो पार्टीलाई कोल्याप्स पारेका कुलमानले आफू कुनै दलमा नरहेको भनेपछि उनी प्रतिको आक्रोश जनमानसमा झन् चुलिएको छ ।

पदलोलुपको आक्षेप लाग्ने भएपछि उनी राजीनामा दिने ठाउँमा पुगेका हुन् । उनी प्रति प्रधानमन्त्री पुरापुर नकारात्मक बनेकी छिन्। केही ठेक्का र नियुक्तिका काममा मोलमोलाई गरेको जानका पाएकी प्रधानमन्त्रीले वर्खास्त गर्ने सम्मको सूचना पाएका कुलमान त्यो अगावै बाटो तताउने तहमा पुगेका छन् ।

शहरी, भौतिक र उर्जा मन्त्रालयका कुलमानले राजीनामा दिएको खण्डमा सरकार १४ सदस्यीय हुनेछ । कुलमान, खेलकुद मन्त्री बब्लु गुप्ता र संचारमन्त्री जगदीश खरेलको प्रधानमन्त्रीले राजीनामा मागेको विषय बाहिरिएको छ ।

प्रकाशित मिति: बुधबार, पुस २३, २०८२  १६:२८
प्रतिक्रिया दिनुहोस्