Dashain Banner
Dashain Banner

एकाबिहानै आशिकाले कुलमानलाई चड्काइन्

बुधबार, पुस २३, २०८२

राजनीतिक दलमा संलग्न भएका मन्त्रीहरूलाई अन्तरिम नागरिक सरकारबाट बाहिरिन दबाब बढिरहेका बेला ऊर्जामन्त्री कुलमान घिसिङले आफू अहिलेसम्म कुनै पनि पार्टीको सदस्य नभएको जिकिर गरेपछि व्यापक आलोचना भइरहेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को वरिष्ठ उपसभापति बन्ने गरी यसका सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) सँग एकता सहमति गरिसकेका उज्यालो नेपाल पार्टीका संरक्षक कुलमानले आफू कुनै पनि पार्टीको सदस्य नभएको भनेपछि टिप्पणी भइरहेको हो। 

यसै क्रममा सामाजिक अभियन्ता आशिका तामाङले पनि कुलमानको कडा आलोचना गरेकी छन्।

उनले बुधबार बिहान सामाजिक सञ्जालमा लेखेकी छन्, ‘पार्टीको उपसभापति भा'को मान्छे आफ्नो मन्त्री पद खुस्किन्छ भनेर पार्टीको म सदस्य होइन भन्न कुन नैतिकताले दिन्छ?’  

प्रकाशित मिति: बुधबार, पुस २३, २०८२  ०९:२०
प्रतिक्रिया दिनुहोस्