मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीले दलसँग जोडिएका मन्त्रीलाई ताकेर के-के भनिन् ?

मंगलबार, पुस २२, २०८२

प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलसँग आवद्ध मन्त्रीहरूलाई राजीनामा दिन सुझाव दिएकी छन्। 

हिजो बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री कार्कीले दलसँग आबद्ध भइसकेका मन्त्रीहरूले परिस्थितिको मूल्याङ्कन गरी आफैं निर्णय गर्नुपर्ने संकेत गरेकी हुन्।

प्रधानमन्त्रीले कुनै मन्त्रीलाई व्यक्तिगत रूपमा नाम लिएर नभने पनि दलसँग आवद्ध भएकाहरूले बुझेर कदम चाल्नुपर्ने बताएको स्रोतले जनाएको छ।

हाल ऊर्जामन्त्री रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति कुलमान घिसिङ तथा केन्द्रीय सदस्य बब्लु गुप्ता खेलकुदमन्त्री छन्। 

कार्की नेतृत्वको सरकार गैरदलीय सरकार हो। यस्तो अवस्थामा रास्वपासँग आबद्ध भइसकेका घिसिङ र गुप्ता मन्त्री पदमै कायम रहनु उचित नभएको भन्दै उनीहरूले राजीनामा दिनुपर्ने आवाज उठ्न थालेको छ।

दुबैलाई घुमाउरो पारामा सरकार छोड्न प्रधानमन्त्री कार्कीले दबाब दिएको बुझिएको छ। लालितपुर-२ बाट चुनावमा उठ्ने तयारी गरेका संचार मन्त्री जगदीश खरेलमाथि पनि दबाब बढेको छ । कुलमान र बब्लु राजीनामा दिने तयारीमा छन् ।

प्रकाशित मिति: मंगलबार, पुस २२, २०८२  १२:३०
प्रतिक्रिया दिनुहोस्