भाषा पास गरेर पनि कोरिया जान नपाएका युवाले चर्काए आन्दोलन

बुधबार, पुस १६, २०८२

भाषा पास गरेर पनि कोरिया जान नपाएका युवाहरू आन्दोलनमा उत्रिएका छन् । उनीहरू आज ललितपुरको ग्वार्कोस्थित ईपीएस कोरिया शाखाको कार्यालयअगाडि नाैबुँदे माग राखेर आन्दोलनमा उत्रिएका हुन् ।

कोरियन भाषा परीक्षामा उत्तीर्ण भएर पनि रोजगारीका लागि कोरिया जान नपाएका उनीहरूले यसको दोष ईपीएस कोरिया शाखालाई लगाएका छन् । पटक– पटक भाषा परीक्षा गराउने, भाषा परीक्षामा पास पनि गराउने, तर रोजगारीका लागि नपठाउने प्रवृत्ति बढ्दै गएको उनीहरू भनाइ छ ।

प्रकाशित मिति: बुधबार, पुस १६, २०८२  १३:२७
प्रतिक्रिया दिनुहोस्