निर्वाचन आयोगमा कसले किन घन्कायो नारा ?

सोमबार, पुस १४, २०८२

निर्वाचन प्रक्रिया बन्द गर भन्दै निर्वाचन आयोग परिसर भित्रै नाराबाजी भएको छ । 

२१ फागुनमा हुने प्रतिनिधिसभा चुनावका लागि राजनीतिक दलहरूले समानुपातिक तर्फका उम्मेदवारहरूको बन्द सूची पेस गरिरहेका छन् ।

यही क्रममा आयोगभित्र नाराबाजी भएको हो । निर्वाचन प्रक्रिया रोक्न माग गर्दै केही युवाहरूले नाराबाजी गरेका हुन् । उनीहरूले जेनजीका माग पूरा गर, निर्वाचन धोका हो, हत्यारालाई कारबाही गर लगायतका नारा लगाएका छन् ।

नाराबाजी भएपछि सुरक्षाकर्मीहरूले उनीहरूलाई आयोग परिसरबाट बाहिर निकालेका छन् ।

प्रकाशित मिति: सोमबार, पुस १४, २०८२  १८:४२
प्रतिक्रिया दिनुहोस्