Dashain Banner
Dashain Banner

महामन्त्रीका ससुरालाई नम्बरी बनाएर कांग्रेसले टुङ्ग्यायो समानुपातिक उम्मेदवार

सोमबार, पुस १४, २०८२

नेपाली कांग्रेसले समानुपातिक उम्मेदवारको सूची टुंग्याएको छ। 

आज बिहान बस्ने कांग्रेस केन्द्रीय कार्यसमितको बैठकले सूची अनुमोदन गरेपछि निर्वाचन आयोगमा पेस गर्ने एक नेताले जानकारी दिए। 

कांग्रेसले समानुपातिक उम्मदेवारको सूची तयार गर्ने जिम्मा सात प्रदेशबाट सात जना नेतालाई दिएको थियो। 

कोसी प्रदेशबाट ज्ञानेन्द्रबहादुर कार्की, मधेसबाट महेन्द्र यादव, बागमतीबाट प्रकाश शरण महत, गण्डकीबाट सुरेन्द्र पाण्डे, लुम्बिनीबाट बालकृष्ण खाँण, कर्णालीबाट जीवन शाही र सुदूरपश्चिमबाट एनपी साउदले समानुपातिक उम्मदेवारको सूची तयार पार्ने जिम्मेवारी पाएका थिए। 

उनीहरूले आफूले तयार गरेको सूची सभापति शेरबहादुर देउवालाई बुझाइसकेका छन्। 

निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि घोषित प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि दलहरूलाई समानुपातिक उम्मेदवारको सूची बुझाउन आजसम्मको समय दिएको छ। 

प्रतिनिधिसभामा समानुपातिक प्रणालीबाट ११० सदस्य छनोट हुने संवैधानिक व्यवस्था छ। 

‍०७९ सालको निर्वाचनमा कांग्रेसबाट समानुपातिक प्रणालीबाट ३२ उम्मेदवार बिजयी भएका थिए। त्यसैगरि एमालेबाट ३४, माओवादी केन्द्रले १४, रास्वपाले ८ र राप्रपाले ७ सिट जितेका थिए। 

 नेपाली कांग्रेसले टुंगो लगाएको भनिएको सूचीको पहिलो नम्बरमा अर्जुन नरसिंह केसीको नाम छ । नुवाकोटका केसीले प्रत्यक्षमा चुनाव नलडने घोषणा गरिसकेका थिए। उनी महामन्त्री गगन थापाका ससुरा हुन् ।

प्रकाशित मिति: सोमबार, पुस १४, २०८२  ११:४८
प्रतिक्रिया दिनुहोस्