सोसल मिडिया
युनिकोड
उपसभामुख इन्दिरा राना मगरले सङ्घीय संसद् सचिवालयबाट बिदा भएकी छन् । साडीमा सझिएर पुगेकी उनले गाडी समेत बुझाएकी हुन्।
सङ्घीय संसद् सचिवालयमा रहेको आफ्नो निजी सचिवालयलाई आफूले प्रयोग गरेको गाडी बुझाएर फर्किएको जानकारी पाएको सङ्घीय संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले जानकारी दिए ।
उनले गाडीको चाबी समेत बुझाईसकेकी छन्। संविधानमा प्रतिनिधिसभा विघटन भएको अवस्थामा अर्को निर्वाचनका लागि उम्मेदवारी दाखिला गर्ने अघिल्लो दिन सभामुख उपसभामुखको कार्यकाल सकिने उल्लेख छ ।
संविधानमा स्पष्ट नभएकाले उम्मेदवारी दाखिला गर्ने दिन समानुपातिक प्रणालीतर्फको बन्दसूची बुझाउने अघिल्लो दिन मान्ने कि प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गर्ने अघिल्लो दिन मान्ने भन्नेमा विवाद छ ।
यता सभामुख देवराज घिमिरेले भने प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गर्ने अघिल्लो दिन छोड्ने जानकारी उनको सचिवालयले गराएको छ ।