Dashain Banner
Dashain Banner

झापाली भट्टराईलाई मधेश सरकारको कामु प्रमुख सचिवको जिम्मा

शुक्रबार, पुस ११, २०८२

आज बसेको मन्त्रिपरिषद् बैठकले नेपाल सरकारका वरिष्ठ सहसचिव कमलप्रसाद भट्टराईलाई मधेश प्रदेश सरकारको कायम मुकायम(कामु) प्रदेश प्रमुख सचिवमा नियुक्त गरेको छ ।

त्यहाँका प्रमुख सचिव मदन भुजेलको सरुवा पछि मधेशमा प्रमुख सचिव खाली थियो। भट्टराई सचिव बढुवाको मुखैमा पुगेका सहसचिव हुन् ।

वैदेशिक रोजगार विभागको महानिर्देशक बाट मधेश लगिएका भट्टराई यसअघि महत्वपूर्ण निकायमा बसेका फूर्तिला कर्मचारी हुन् । उनी झापाका हुन्।

प्रकाशित मिति: शुक्रबार, पुस ११, २०८२  १९:०६
प्रतिक्रिया दिनुहोस्