सोसल मिडिया
युनिकोड
आज बसेको मन्त्रिपरिषद् बैठकले नेपाल सरकारका वरिष्ठ सहसचिव कमलप्रसाद भट्टराईलाई मधेश प्रदेश सरकारको कायम मुकायम(कामु) प्रदेश प्रमुख सचिवमा नियुक्त गरेको छ ।
त्यहाँका प्रमुख सचिव मदन भुजेलको सरुवा पछि मधेशमा प्रमुख सचिव खाली थियो। भट्टराई सचिव बढुवाको मुखैमा पुगेका सहसचिव हुन् ।
वैदेशिक रोजगार विभागको महानिर्देशक बाट मधेश लगिएका भट्टराई यसअघि महत्वपूर्ण निकायमा बसेका फूर्तिला कर्मचारी हुन् । उनी झापाका हुन्।