कमलपोखरीमा कुरो नमिलेपछि बालेन भेट्न रवि पुगे कुपन्डोल

बिहीबार, पुस १०, २०८२

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिका मेयर बालेन साहबीच कुपन्डोलमा भेटवार्ता भइरहेको छ । 

ललितपुरको कुपण्डोलस्थित बालेनका सल्लाहकार कुमार व्यञ्जनकारको घरमा दुईजनाबीच वार्ता सुरु भएको हो । यसअघि गत सोमबार राति कमलपोखरीस्थित असिम साहको म्युजिक कम्पनीमा दुई जनाबीच सात घण्टा भेटवार्ता भएको थियो ।

प्रकाशित मिति: बिहीबार, पुस १०, २०८२  १३:०५
प्रतिक्रिया दिनुहोस्