सोसल मिडिया
युनिकोड
काठमाडौँ महानगरको उपमेयरमा उम्मेद्वार भएपछि दुनियाँले चिनेकी रन्जु दर्शनाले आफू आमा बन्न लागेको भन्दै सामाजिक सञ्जाल मार्फत दुनियाँलाई जानकारी दिएकी छन्। हालै मात्र विवेकशील साझा पार्टी छोडेर रास्वपामा आएकी दर्शना चाँडै आमा बन्दैछिन् ।
रञ्जुले सामाजिक सञ्जालमार्फत शुभचिन्तकहरूलाई यो खबर आज साटेकी हुन् । उनले आफूहरूको जीवनमा एउटा सानो मानवले छिट्टै प्रवेश गर्न लागेकी बताएकी छन् । यो यात्रा आफ्नो लागि सहज नरहेको उनको भनाइ छ ।
रञ्जुले लेखेकी छन्, ‘यो खबर तपाईँहरू माझ बाँड्दा हाम्रो खुशी झनै दोब्बर भएको छ । यो यात्रा मेरो लागि सहज थिएन, छैन पनि । वर्षौँदेखि कैयौं आमाहरूका लागि लड्दै आएकि म आज स्वयम यस यात्रामा हुँदा आमाहरू प्रति झनै बढि नतमस्तक छु ।’ उनले किशु कुईंकेलसँग २०७९ वैशाखमा विवाह गरेकी थिइन् ।