निर्वाचनका लागि सातै प्रदेशमा निर्वाचन अधिकृत नियुक्त

बुधबार, पुस ९, २०८२

निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनका लागि सातै प्रदेशमा निर्वाचन अधिकृत नियुक्त गरेको छ । 

आयोगले माघ ११ गते हुने निर्वाचनलाई लक्षित गर्दै सात जिल्ला न्यायाधीशलाई निर्वाचन अधिकृतको जिम्मेवारी दिएको हो ।

नियुक्त निर्वाचन अधिकृतहरू पुस १५ गतेदेखि लागू हुने गरी जिम्मेवारीमा खटिने आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिए ।

उनका अनुसार नियुक्त निर्वाचन अधिकृतहरूले पुस १६ गते सम्बन्धित प्रदेशको निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने कार्यक्रम तय गरिएको छ ।

प्रकाशित मिति: बुधबार, पुस ९, २०८२  ०९:४८
प्रतिक्रिया दिनुहोस्