कांग्रेसले डाक्यो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

मंगलबार, पुस ८, २०८२

नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । बैठक केन्द्रीय कार्यालय सानेपामा बुधबार दिउँसो १ बजे बस्ने पार्टी मुख्यसचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए । 

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरुलाई उपस्थितिका लागि अनुरोध गरिएको छ । बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।
 

प्रकाशित मिति: मंगलबार, पुस ८, २०८२  १४:०२
प्रतिक्रिया दिनुहोस्