प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै माइतीघर पुगेका जेनजी समातिए 

सोमबार, पुस ७, २०८२

जेनजी प्रतिनिधि मिराज ढुंगानाको समूहले काठमाडौँमा विरोध प्रदर्शन गरेको छ। सोमबार बिहान माइतीघर मण्डलामा भेला भएका प्रदर्शनकारीहरूले सरकारविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका हुन्।

प्रदर्शनकारीहरूले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले जेनजी आन्दोलनको मर्म र युवा पुस्ताको भावना बुझ्न नसकेको आरोप लगाएका छन्। उनीहरूले १० बुँदे मागसहित सडक आन्दोलनमा उत्रिएका हुन्।

प्रदर्शनका क्रममा माइतीघर क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो। सुरक्षा व्यवस्था कडा पारिए पनि केही जेनजी आन्दोलनकारीलाई प्रहरीले पक्राउ गरेको छ।

ढुंगानाले आन्दोलनका क्रममा पक्राउ परेका युवामाथि लगाइएका मुद्दा खारेज गर्नुपर्ने, भ्रष्टाचार निर्मूल आयोग गठन गर्नुपर्ने तथा सर्वपक्षीय सरकार गठन गर्नुपर्ने लगायतका माग अघि सार्दै आइतबारदेखि आन्दोलन घोषणा गरेका थिए।

प्रकाशित मिति: सोमबार, पुस ७, २०८२  १२:४५
प्रतिक्रिया दिनुहोस्