सोसल मिडिया
युनिकोड
जनपक्षीय विद्यार्थी युनियन, नेपालले १८ बुँदे माग राख्दै आज काठमाडौँ उपत्यकामा शैक्षिक हड्ताल घोषणा गरेको छ । हड्तालको घोषणापछि उपत्यकाका शैक्षिक संस्थाहरू अन्योलमा परेका छन् ।
हड्ताल घोषणा गर्ने जनपक्षीय विद्यार्थी युनियन नेकपा जनपक्ष पार्टी निकट विद्यार्थी संगठन भएको बताइएको छ । संगठनले निजी विद्यालयले लिँदै आएको शुल्कमा तत्काल ५० प्रतिशत कटौती गर्नुपर्ने मुख्य माग अघि सारेको छ ।
युनियनका अनुसार विदेशमा रहेका नेपाली विद्यार्थी तथा श्रमिकले मतदान गर्न पाउनुपर्ने, शिक्षामा निःशुल्क पहुँच सुनिश्चित गर्नुपर्ने लगायतका १८ बुँदे माग राख्दै शैक्षिक हड्तालको घोषणा गरिएको हो ।
यता निजी विद्यालयका छाता संगठन प्याब्सन र एनप्याब्सनले भने शैक्षिक हड्तालबारे कुनै औपचारिक निर्णय नगरेको जनाएका छन् ।
निजी विद्यालय सञ्चालकहरूले अहिलेसम्म आधिकारिक रूपमा विद्यालय बन्दको घोषणा नगरेकाले आजको पठनपाठन अन्योलमै रहेको छ ।