सोसल मिडिया
युनिकोड
नेपाली कांग्रेस सर्लाहीका उपसभापति नवीन अधिकारीको निधन भएको छ। मुटुमा समस्या देखिएपछि केही दिनअघि उपचारका लागि काठमाडौँ आएका अधिकारीको आइतबार साँझ ६० वर्षको उमेरमा निधन भएको छ।
उनको गएराति नै पशुति आर्यघाटमा अन्त्यष्टि गरिएको छ। अधिकारी सर्लाहीको बरहथवा नगरपालिका–११ दियरटोलका वासिन्दा हुन्। उनका श्रीमती र दुई छोरी छन्। कांग्रेस सर्लाहीको गत अधिवेशनमा सबै पद संस्थापन पक्षले जित्दा इतर खेमाबाट जिल्ला उपसभापतिमा निर्वाचित हुने अधिकारी एक्लो नेता थिए।