कांग्रेस नेता सुनील शर्माको अस्पतालको छतबाट खसेर ३४ बर्षे डाक्टरको गयो ज्यान 

आइतबार, पुस ६, २०८२

विराटनगरस्थित नोबेल मेडिकल कलेजको भवनकाे छतबाट खसेर एक इन्टर्न डाक्टरको मृत्यु भएको छ ।

आइतबार बिहान साढे ६ बजेको समयमा नोबेल मेडिकल कलेजको मुख्य गेटतर्फको भवनको पाँचौं तलाबाट खसेर ३४ वर्षीय अमित यादवको मृत्यु भएको हो । सप्तरीको राजविराज नगरपालिका– ९ जगदरी घर भएका उनी सोही मेडिकल कलेजको एमबीबीएस इन्टर्न डाक्टर हुन् ।

पाँचौ तलामाथिबाट तल भुइँमा खसेर टाउकोमा गम्भीर चोट लागेका उनलाई तत्काल सोही अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । तर, उपचारको क्रममा आज बिहान उनको मृत्यु भएको नोबेल शिक्षण अस्पतालका व्यवस्थापक दिपेश राईले जानकारी दिए । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उक्त अस्पताल कांग्रेस नेता सुनील शर्माको हो। 
 

प्रकाशित मिति: आइतबार, पुस ६, २०८२  १२:३१
प्रतिक्रिया दिनुहोस्