Dashain Banner
Dashain Banner

कांग्रेस नेता सुनील शर्माको अस्पतालको छतबाट खसेर ३४ बर्षे डाक्टरको गयो ज्यान 

आइतबार, पुस ६, २०८२

विराटनगरस्थित नोबेल मेडिकल कलेजको भवनकाे छतबाट खसेर एक इन्टर्न डाक्टरको मृत्यु भएको छ ।

आइतबार बिहान साढे ६ बजेको समयमा नोबेल मेडिकल कलेजको मुख्य गेटतर्फको भवनको पाँचौं तलाबाट खसेर ३४ वर्षीय अमित यादवको मृत्यु भएको हो । सप्तरीको राजविराज नगरपालिका– ९ जगदरी घर भएका उनी सोही मेडिकल कलेजको एमबीबीएस इन्टर्न डाक्टर हुन् ।

पाँचौ तलामाथिबाट तल भुइँमा खसेर टाउकोमा गम्भीर चोट लागेका उनलाई तत्काल सोही अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । तर, उपचारको क्रममा आज बिहान उनको मृत्यु भएको नोबेल शिक्षण अस्पतालका व्यवस्थापक दिपेश राईले जानकारी दिए । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उक्त अस्पताल कांग्रेस नेता सुनील शर्माको हो। 
 

प्रकाशित मिति: आइतबार, पुस ६, २०८२  १२:३१
प्रतिक्रिया दिनुहोस्