मधेश प्रदेशको सभामुखको जिम्मा रामआशिषको काँधमा 

शनिबार, पुस ५, २०८२

मधेश प्रदेशको सभामुख रामआशिष यादवलाई बनाउने सहमति भएको छ । मधेश प्रदेशका सत्तारुढ दलको बैठकले जसपा नेपालका सांसद यादवलाई सभामुख बनाउने सहमति गरेको हो ।

पूर्व मुख्यमन्त्री तथा जसपा संसदीय दलका नेता सरोज यादवले सभामुखका लागि यादवको नाम टुंगो लागेको जानकारी दिए ।

मधेशमा आइतबार सभामुखको निर्वाचन हुँदैछ । निर्वाचन तालिकाअनुसार आज ११ बजेदेखि दिउँसो ३ बजेसम्म प्रदेशसभा सचिवालयमा उम्मेदवारी दर्ता हुँदैछ ।

प्रकाशित मिति: शनिबार, पुस ५, २०८२  १३:२०
प्रतिक्रिया दिनुहोस्