सोसल मिडिया
युनिकोड
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने चितवनबाट गाडीमा रुपन्देही जाने भएका छन्। सिधै भैरहवा जान भनेर उनी आज बिहान ८ बजेअघि नै काठमाडौँस्थित त्रिभुवन विमानस्थल पुगेका थिए। तर मौसमी प्रतिकुलताले अन्तत उनी जहाजमा चितवन पुगेर गाडीमा भैरहवा पुग्ने भएका हुन्।
सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि ललितपुरको नक्खु कारागारमा रहेका लामिछाने उच्च अदालत तुलसीपुरको बुटवल इजलासको आदेशअनुसार रिहाइका लागि कानुनी प्रक्रिया पूरा गर्न रुपन्देही जिल्ला अदालत जान लागेका हुन्।
रुपन्देहीकै बुटवलस्थित सुप्रिम सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि ललितपुरको नक्खु कारागारमा रहेका लामिछानेलाई उच्च अदालत तुलसीपुरको बुटवल इजलासले बिहीबार बिगोबापत जमानत लिएर रिहा गर्न आदेश दिएको हो।