Dashain Banner
Dashain Banner

एमाले महासचिवमा पोखरेल पछारिने, पाण्डेले हाने बाँकटे

बिहीबार, पुस ३, २०८२

एमालेको नयाँ नेतृत्वका लागि भइरहेको मतगणनाको पछिल्लो रुझानले महासचिवमा सुरेन्द्र पाण्डेले बाँकटे हान्न थालेका छन्।  

अब १०८८ मतको परिणाम आउन बाँकी छ । ११३९ को गणनामा ८७ मतान्तरसहित अगाडि रहेका महासचिवका उम्मेदवार शंकर पोखरेललाई त्यसपछिको गणनामा प्रतिस्पर्धी सुरेन्द्र पाण्डेले उछिन्दै लगेको गणनामा सहभागी एक जनाले बताएका छन्। 

अबको मत परिणाम अन्तिम हुने भन्दै ती मतगणकले महासचिवमा पाण्डेले नतिजा उल्टाउन सक्ने दाबी गरे । केही मतले पाण्डेले जित्ने सम्भावना रहेको छ। 

प्रकाशित मिति: बिहीबार, पुस ३, २०८२  १३:०७
प्रतिक्रिया दिनुहोस्