सोसल मिडिया
युनिकोड
राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र आफनै निर्वाचन क्षेत्र काठमाडौं १ मा उपेक्षित भएका छन । मिश्र सोही क्षेत्रबाट दुईपटक पराजित भएका भावुक चेतका नेता हुन् ।
पार्टीको वडा अधिवेशनकाक्रममा सो निर्वाचन क्षेत्रमा पर्ने चारवटै वडाको अधिवेशनमा उनलाई नबोलाइएको हो । वडा नम्बर ३१, वडा नम्बर २९, वडा नम्बर १० र वडा नम्बर ११ को अधिवेशनमा मिश्र बिना नै अधिवेशन सम्पन्न भएको छ ।
वडा ३१ को अधिवेशनले चमन कोईरालाको अध्यक्षतामा सर्वसम्मत रुपमा वडा समिती चयन गरेको छ । यस्तै, वडा नम्बर १० मा सरोज जंग थापाको नेतृत्वमा सर्वसम्मत वडा समिती गठन भएको छ । वडा नम्बर २९ मा रीना वलीको अध्यक्षतामा कार्यसमिती गठन भएको छ । वडा नम्बर ११ मा सर्वसम्मत रुपमा अम्विका अर्यालको नेतृत्वमा समिति गठन भएको छ ।
कुनैपनि अधिवेशनमा आफूलाई नबोलाएपछि मिश्रले कार्यसम्पादन समिति बैठकमा गुनासो गरेको बुझिएको छ ।
उनको गुनासोलाई बैठकमा कसैले गम्भीरतापूर्वक नलिएपछि उनी रुष्ठ भएका छन । उनको चित्त दुखाईको पारो ह्वात्तै बढेको रिपोर्ट उनी निकटले पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनलाई बुझाइसकेका छन् ।