सोसल मिडिया
युनिकोड
सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा.प्रकाशकुमार श्रेष्ठ र सदस्यमा प्रा डा सुनिति श्रेष्ठ हाडालाई नियुक्त गरेको छ । एमाले अध्यक्ष केपी ओलीले गभर्नर बनाउने वचन दिएर हिस्स पारेका उनलाई कार्की सरकारले योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको छ।
आजको बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।
बैठकले प्रचलित कानुनमा व्यवस्था भएको अवस्थामा बाहेक सेवा प्रवाहको प्रक्रियामा कागजातको आधिकारिकताका लागि आय–टिकटका रूपमा हुलाक टिकट टाँस्ने प्रचलन हटाउने निर्णयसमेत गरेको उनले जानकारी दिए ।