प्रधानमन्त्रीकै सामुन्नेको अड्डाका कर्मचारीले गरे किर्ते काम, सिआइबीले समात्यो 

आइतबार, मंसिर २८, २०८२

राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागका दुई जना करारका कर्मचारी पक्राउ परेका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले विभागमा विवरण दर्ता अपरेटरको रूपमा कार्यरत सुनसरी घर भई हाल ललितपुरको इमाडोल बस्ने २८ वर्षीय सुनितप्रभाग रेग्मी र गोरखा घर भई हाल ललितपुर महानगरपालिका–१३ बस्ने आशिषबाबु कुमाललाई पक्राउ गरेको हो।

सिंहदरबारस्थित विभागमा कार्यरत विवरण दर्ता अपरेटरको युजर आइडी र पासवर्ड दुरुपयोग गरी विभिन्न व्यक्तिका विवरणहरू हेरफेर गरेको आरोपमा उनीहरूलाई शनिबार पक्राउ गरिएको हो।

उनीहरुमाथि अनुसन्धानका लागि प्रहरीले काठमाडौँ जिल्ला अदालतबाट ५ दिन हिरासतमा राख्न अनुमति लिएको छ। राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभाग प्रधानमन्त्री कार्यालयकै सामुन्नेमा छ। 

प्रकाशित मिति: आइतबार, मंसिर २८, २०८२  २१:०८
प्रतिक्रिया दिनुहोस्