Dashain Banner
Dashain Banner

राप्रपाका केन्द्रीय सह-कोषाध्यक्ष उप्रेतीको पहलमा चमन सर्वसम्मत छानिए वडा अध्यक्ष

शनिबार, मंसिर २७, २०८२

राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौँ महानगर क्षेत्र नम्बर १ मा पर्ने वडा नम्बर ३१ को वडा अधिवेशन सम्पन्न गरेको छ। वडा नम्बर ३१ प्रदेशसभाको सिंगो निर्वाचन क्षेत्र पनि हो। 

राप्रपाका कार्यकर्ताको व्यापक उपस्थितिका बीच सम्पन्न भएको अधिवेशनले चमन कोईरालाको अध्यक्षतामा सर्वसम्मत रुपमा वडा समिती चयन गरेको छ । राप्रपाका केन्द्रीय सह-कोषाध्यक्ष शोभित उप्रेतीको उपस्थितिमा सो अधिवेशन सम्पन्न गरेको हो। अधिवेशनमा उपस्थित वरिष्ठ कलाकार मदनदास श्रेष्ठको समेत उपस्थिति रहेको थियो।  श्रेष्ठ अघिल्लो स्थानीय तहको चुनावमा काठमाडौँ महानगरको मेयरका राप्रपाकै उम्मेदवार थिए। 

सर्वसम्मत अध्यक्ष चुनिएका कोइरालाले पछिल्लो समय युवालाई राप्रपा प्रवेश गराउने अभियान चलाएका छन्। उनले वडा नम्बर ३१ का रामकिशोर मिश्र, सजन कोइराला,सुनिता शर्मा,जनार्दन पराजुली, जनार्दन रेग्मी,आस्था पराजुली,नारायण पोख्रेल,कुमार थापा,सन्तोष खनाल,संजिव केसी,सुदन केसी,नम्रता घिमिरे र सुरेश श्रेष्ठ सहितका युवालाई राप्रपामा समाहित गराएका छन्। सह-कोषाध्यक्ष शोभित उप्रेतीको सहजीकरणमा सक्रिय भएका कोइरालाले संगठन विस्तारमा ध्यान दिएको र कामै गरेको राप्रपाका एक अगुवा नेताले बताएका छन्। 

सरोज जंग थापा,अर्जुन बुढाथोकी,राजु गोैतम,अनिल विक्रम रत्न, अमर भुजेल,तिर्थ बहादुर गुरुङ,पदम बहादुर महर्जन,कुमार महर्जन,कविता न्योैपाने, प्रशिद्धि थापा,कृष्ण जंग थापा र नविन्द्र चोैलागाई पनि केही समय अघि नै राप्रपामा प्रवेश गरेका छन्। 

प्रकाशित मिति: शनिबार, मंसिर २७, २०८२  १५:५४
प्रतिक्रिया दिनुहोस्