Dashain Banner
Dashain Banner

फागुन २१ गते निर्वाचन गराउँछु भन्ने सरकारको लय नमिलेको ओलीको दाबी

शनिबार, मंसिर २७, २०८२

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले फागुन २१ गते निर्वाचन गराउँछु भने पनि त्यसको तयारी कतै नदेखिएको बताएका छन्। एमालेको ११औं महाधिवेशनको उद्‍घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेताहरूलाई निषेधज्ञा गरेर निर्वाचन हुन नसक्ने बताए।

संविधान विपरीत सरकार गठन गरेको आरोप लगाउँदै अध्यक्ष ओलीले एमालेले प्रतिनिधिसभा पुनर्स्थाना चाहेको बताए। 'प्रतिनिधिसभा तुरुन्त पुनर्स्थापना होस्। देश लोकतन्त्रको बाटोमा हिंडोस्। सरकारले फागुन २१ चुनाव गराउँदैछ भन्छ, तर चुनावको तयारी कतै देखिँदैन। संवादको सट्टा घृणा, मिडिया ट्रायल र षड्यन्त्र भइरहेको छ। बहसको सट्टा नेताहरूलाई मुद्दा, निषेधज्ञा, स्थान हद र पासपोर्ट रद्द गरिएको छ। यही हो निर्वाचनको तयारी?,' उनले प्रश्न गरे।

प्रकाशित मिति: शनिबार, मंसिर २७, २०८२  १५:१२
प्रतिक्रिया दिनुहोस्