Dashain Banner
Dashain Banner

रवि र छविको मुद्दामा आजै सुनुवाइ

बिहीबार, मंसिर २५, २०८२

सहकारी ठगी र संगठित अपराध अभियोगमा थुनामा रहेका रास्वपा सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दामा सुनुवाइ हुँदैछ।

मुद्दा सुनुवाइको लागि आज पेसी चढाइएको उच्च अदालत बुटवल प्रशासनले जनाएको छ। यसअघि दुई पटक रवि पक्षका कानुन व्यवसायीहरूले निवेदन दिएपछि बहस रोकिएको थियो।

बुटवलको सुप्रिम सहकारी ठगीको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले सहकारीमा अपचलन गरेको आफ्नो भागको बिगो रकम दाखिल गर्दा पनि जिल्ला अदालतका रुपन्देहीका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ रूपन्देहीले रिहा गर्न अस्वीकार गरेको थियो।

जिल्लाको आदेशविरुद्ध लामिछानेले गत भदौ ९ गते उच्च अदालतमा निवेदन दर्ता गराएका थिए।

प्रकाशित मिति: बिहीबार, मंसिर २५, २०८२  ११:५९
प्रतिक्रिया दिनुहोस्