नुवाकोटका जिउँदा र मरिसकेका पूर्वमन्त्रीलाई अख्तियारको सनासो

आइतबार, मंसिर २१, २०८२

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार गरेको आरोपमा पूर्व अर्थमन्त्री रामशरण महतसहित ५ जनामन्त्रीहरु र १० जना पूर्वसचिवहरुलाई प्रतिवादी बनाउने निर्णय भएको छ। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यी १५ जनासहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्ने निर्णय गरेको हो। 

पूर्वमन्त्रीहरू रामशरण महत, दीपक अमात्य, रामकुमार श्रेष्ठ र भीम आचार्य र  स्वर्गीय पोस्टबहादुर बोगटीलाई समेत प्रतिवादी बनाइएको छ। उनीहरुको कार्यकालका १० जना पूर्वसचिवहरु पनि प्रतिवादी छन्। महत र बोगटी नुवाकोटका हुन् ।

यो नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसहित यसअघि संसदीय समितिले सिफारिस गरेका विभिन्न निकायका कर्मचारीहरुलाई पनि प्रतिवादी बनाइएको छ। 

प्रकाशित मिति: आइतबार, मंसिर २१, २०८२  १४:५७
प्रतिक्रिया दिनुहोस्