प्रचण्डलाई पिठ्यु फर्काएका जनार्दनलाई गृहजिल्लामै कालोझण्डा

आइतबार, मंसिर २१, २०८२

प्रचण्डको साथ छोडेर प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) मा लागेका जनार्दन शर्मालाई उनकै गृहजिल्लामा कालो झण्डा देखाइएको छ । 

कुनै बेला तामाझामका साथ विमानस्थलमा लिन जाने उनीनिकटका कार्यकर्ताले विमानस्थलको गेटमै कालो झण्डा देखाएका हुन् ।

आइतबार पार्टीको कामका लागि गृह जिल्ला रुकुम पश्चिम पुगेका शर्मालाई रुकुमको सल्ले विमानस्थलअगाडि कालो झण्डा देखाएर कार्यकर्ताले विरोध जनाएका हुन् । 

शर्मा आज जिल्लास्थित पार्टी कार्यालय उद्घाटन र भोलि हुने युवाहरूको कार्यक्रममा सहभागी हुन आएका थिए ।

प्रकाशित मिति: आइतबार, मंसिर २१, २०८२  ११:०४
प्रतिक्रिया दिनुहोस्