भारत र चीनसँग जोडिएको दार्चुलामा बिहानै गयो भुकम्प

आइतबार, मंसिर २१, २०८२

दार्चुला केन्द्रबिन्दु भएर आज (आइतबार) बिहान भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीका अनुसार बिहान ८:२८ बजे भूकम्प गएको हो। 

‘दार्चुला जिल्लाको घुसा आसपास केन्द्रबिन्दु भएर ४.६ म्याग्निच्युडको भूकम्प गएको हो’, उनले भने।

दार्चुला भारत र चीनसँग जोडिएको जिल्ला हो ।

प्रकाशित मिति: आइतबार, मंसिर २१, २०८२  ०९:१०
प्रतिक्रिया दिनुहोस्