सोसल मिडिया
युनिकोड
दोलखाको शैलुङ गाउँपालिका वडा नं.८ मा संचालन गरिएको दुई दिने स्वास्थ्य शिविर भव्य रुपमा सम्पन्न भएको छ ।
वडाको आयोजना तथा सुस्वास्थ्य हस्पिटलको प्राविधिक सहयोगमा शैलुङ्गेश्वरी स्वास्थ्य चौकी भैंसेमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो ।शिविर मा २९१ जना बिरामीको स्वास्थ्य जाँच, एक्युपञ्चर, फिजियोथेरापी र प्राकृतिक चिकित्साबाट उपचार गरिएको छ।
मंसीर १६ र १७ गते संचालित शिविर सञ्चालन गर्न सहजीकरण तथा सुस्वास्थ्य अस्पतालको सम्पूर्ण प्राविधिक टोलीको लागि खाना बस्न तथा यातायातको व्यवस्था एसएस फाउन्डेसनले गरेको थियो । उक्त फाउन्डेसन परोपकारी कार्यमा अब्वल ठहरिएको छ ।
समाजसेवी तथा शैलुङका अगुवा सोभित उप्रेतीको पहलमा आयोजित स्वास्थ्य शिविरले शैलुङका स्थानीयलाई ठूलो राहत मिलेको वडा अध्यक्ष धन बहादुर तामाङ्गले जानकारी दिएका छन् ।