Dashain Banner
Dashain Banner

शैलुङमा गरिएको स्वास्थ्य शिविरमा तीनसयको लर्को, उप्रेतीको जय जयकार

बिहीबार, मंसिर १८, २०८२

दोलखाको शैलुङ गाउँपालिका वडा नं.८ मा संचालन गरिएको दुई दिने स्वास्थ्य शिविर भव्य रुपमा सम्पन्न भएको छ । 

वडाको आयोजना तथा सुस्वास्थ्य हस्पिटलको प्राविधिक  सहयोगमा  शैलुङ्गेश्वरी स्वास्थ्य चौकी भैंसेमा  निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो ।शिविर मा २९१ जना बिरामीको स्वास्थ्य जाँच, एक्युपञ्चर, फिजियोथेरापी र प्राकृतिक चिकित्साबाट उपचार गरिएको छ।

मंसीर १६ र १७ गते संचालित शिविर सञ्चालन गर्न सहजीकरण तथा सुस्वास्थ्य अस्पतालको सम्पूर्ण प्राविधिक टोलीको लागि खाना बस्न  तथा यातायातको व्यवस्था एसएस फाउन्डेसनले गरेको थियो । उक्त फाउन्डेसन परोपकारी कार्यमा अब्वल ठहरिएको छ ।

समाजसेवी तथा शैलुङका अगुवा सोभित उप्रेतीको पहलमा आयोजित स्वास्थ्य शिविरले शैलुङका स्थानीयलाई ठूलो राहत मिलेको वडा अध्यक्ष धन बहादुर तामाङ्गले जानकारी दिएका छन् ।

प्रकाशित मिति: बिहीबार, मंसिर १८, २०८२  ११:०२
प्रतिक्रिया दिनुहोस्