सोसल मिडिया
युनिकोड
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहका बुवा रामनारायण साहको निधन भएको छ । आईतबार अस्पताल भर्ना गरिएका साहको आज निधन भएको हो।
नयाँ बानेश्वरस्थित सिभिल अस्पताल भर्ना भएका उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । उपचारकै क्रममा साहको ज्यान गएको हो। उनलाई पिसाबमा संक्रमण भएको थियो। संक्रमण शरीरमा फैलिएर उनको मृत्यु भएको बताईएको छ।