Dashain Banner
Dashain Banner

अध्ययन भिसामा नेपाल आएर बसेका विदेशी नागरिकमाथि अध्यागमनको निगरानी 

बुधबार, मंसिर १०, २०८२

अध्यागमन विभागले अध्ययन भिसामा नेपाल आएर भिसा उदेश्य विपरीत बसेका विदेशी नागरिकहरूमाथि विशेष निगरानी अघि बढाएको छ ।

अध्ययन भिसामा नेपाल आएका नागरिकहरुमाथि अध्ययन गर्दा कानुनले बर्जित गरेका क्रियाकलापमा संलग्नहरुलाई समेत अध्ययन भिसाका लागि सिफारिस गरेको पाइएको भन्दै विभागले सूचना जारी गरेर विदेशी नागरिक पढाउने शैक्षिक संस्थाहरूलाई जथाभावी अध्ययन भिसा सिफारिस नगर्न निर्देशन दिएको हो ।

विभागले कतिपय शैक्षिक संस्थाले अध्ययनमा नियमित संलग्न नहुने जानकारी हुँदाहुँदै पनि आम्दानीका लागि मात्र विदेशी विद्यार्थी भर्ना गर्ने गरेको, लामो अवधि नेपाल बस्न वैकल्पिक उपायका रूपमा अध्ययन भिसा लिन चाहने र कानुनले बर्जित गरेका क्रियाकलापमा संलग्न विदेशीहरूलाई समेत अध्ययन भिसा सिफारिस गर्ने गरेको पाइएकाले त्यसो नगर्न भनेको हो ।

यसै सन्दर्भमा विदेशी नागरिकहरूलाई अध्ययन गराउने सबै शैक्षिक संस्थाहरूको नियमित अनुगमन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र विदेशी नागरिकहरूको गतिविधिको अनुगमन गर्न ७७ वटै जिल्लाका जिल्ला अनुगमन समितिलाई समेत भनिएको अध्यागमन विभागले जनाएको छ ।image-62-1764142261.png

प्रकाशित मिति: बुधबार, मंसिर १०, २०८२  १३:१६
प्रतिक्रिया दिनुहोस्