Dashain Banner
Dashain Banner

वैदेशिक रोजगार विभागका महानिर्देशक भट्टराईलाई मातृशोक

बिहीबार, मंसिर ४, २०८२

वैदेशिक रोजगार विभागका महानिर्देशक कमलप्रसाद भट्टराईलाई मातृशोक परेको छ। नेपाल सरकारका वरिष्ठ सहसचिव भट्टराईकी ममतामयी माता मधुमाया भट्टराईको ९७ वर्षको उमेरमा निधन भएको हो। 

झापाको झिलझिले स्थायी घर भएकी भट्टराईका चार छोरा छन्। सहसचिव भट्टराई कान्छा छोरा हुन। भट्टराईकी आमाको निधन भएको आज बिहिबार पाँच दिन भएको झापा कांग्रेसका नेता खड्गबहादुर कार्कीले जानकारी दिएका छन्। भक्तपुरमा मृतक भट्टराईको काजकिरिया भइरहेको छ। 

प्रकाशित मिति: बिहीबार, मंसिर ४, २०८२  १२:१४
प्रतिक्रिया दिनुहोस्