Dashain Banner
Dashain Banner

अर्थमन्त्रीलाई धन्यवाद दिन चौधरी पुत्र निर्वाण मन्त्रीको कार्यकक्षमै झुल्किए

बुधबार, मंसिर ३, २०८२

राष्ट्रको कूल राजस्वमा करिब २.३% योगदान गरेको सिजीग्रुप अफ कम्पनीजको अर्थमन्त्री रामेश्वर खनालले मुक्त कण्ठले प्रशंसा गरेका छन् ।

कर दिवसका दिन उत्कृष्ठ करदातालाई सम्मान गर्ने क्रममा मन्त्री खनालले सिजीको प्रसिद्धिको खुलेरै गुणगान गाएका थिए ।

एकमुष्ट कर सार्वजनिक गरी सम्मान गर्ने व्यवस्था नभए पनि माननीय अर्थमन्त्रीज्यूले सीजीको कर योगदानलाई विशेष रूपमा उल्लेख गर्नु भएकोमा आभार भन्दै अबेपति व्यापारी विनोद पुत्र निर्वाण चौधरीले खनाललाई आज बुधबार कार्यकक्षमै भेटेर धन्यवाद दिएका हुन्।

गत वर्ष सीजीले रु २५.५९ अर्ब कर तिर्दै राष्ट्रको कूल राजस्वको करिब २.३% योगदान गरेको छ ।

प्रकाशित मिति: बुधबार, मंसिर ३, २०८२  ११:२९
प्रतिक्रिया दिनुहोस्