Dashain Banner
Dashain Banner

सेवाग्राहीलाई घुस मागेर रुनु कि हाँसु पार्ने नासुलाई अख्तियारले डाम्यो

मंगलबार, मंसिर २, २०८२

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँके जिल्ला अदालतमा कार्यरत नायब सुब्बा रामप्रसाद धमलाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

धमलाले फैसलाको प्रतिलिपि दिने प्रयोजनार्थ सेवाग्राहीसँग १२ हजार रुपैयाँ घुस रकम लिएको आरोप लगाउँदै अख्तियारले मंगलबार (मंसिर २) विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

बाँके जिल्ला अदालतको मुद्दा मिसिल अभिलेख रहेको फाँट ‘क’ मा कार्यरत नायब सुब्बा धमलाले फैसलाको प्रतिलिपि दिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस मागेको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो ।

यसैक्रममा केही दिनअघि अख्तियारको टोलीले उनलाई सेवाग्राहीसँग १२ हजार रुपैयाँ घुस रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।

थप अनुसन्धान हुँदा उनले सेवाग्राहीसँग १२ हजार रुपैयाँ घुस लिएको पुष्टि हुन आएको अख्तियारद्वारा मंगलबार जारी विज्ञप्तिमा उल्लेख छ । दायर गरिएको मुद्दामा उनीसँग १२ हजार रुपैयाँ बिगो मागदाबी गरिएको छ । 

प्रकाशित मिति: मंगलबार, मंसिर २, २०८२  १६:४५
प्रतिक्रिया दिनुहोस्