आजै घाम अस्ताएपछि कांग्रेस सभापति देउवा सिंगापुरबाट नेपाल आईपुग्ने 

शुक्रबार, कात्तिक २८, २०८२

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज शुक्रबार स्वदेश फर्किँदै छन् । सभापति देउवा आज बेलुकी सिंगापुरबाट स्वदेश फर्किन लागेका हुन्। 

उनी १० कात्तिकमा पत्नी डा. आरजु राणा देउवाका साथ उपचारका लागि सिंगापुर गएका थिए । जेनजी आन्दोलनका क्रममा भएको सांघातिक आक्रमणमा देउवा दम्पती घाइते भएका थिए ।

२४ भदौमा आक्रमणमा परेका देउवा दम्पती २८ असोजमा बसेको केन्द्रीय कार्यसमिति बैठकमा सार्वजनिक भएका थिए ।
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २८, २०८२  १२:५८
प्रतिक्रिया दिनुहोस्