Dashain Banner
Dashain Banner

नक्कली भुटानी शरणार्थी ठगी प्रकरणमा जोडिएका खरेल समातिए 

आइतबार, कात्तिक २३, २०८२

नक्कली भुटानी शरणार्थी ठगी प्रकरणमा संलग्न रहेको आरोप लागेका थप एक प्रतिवादी पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले रौतहटको फतुवा हर्साह–९ का ४२ वर्षीय निरन्जनकुमार खरेललाई पक्राउ गरेको हो ।

ब्युरोका अनुसार, उनलाई गोप्य सूचनाको आधारमा गत शुक्रबार (कात्तिक २१ गते) पक्राउ गरिएको हो । पक्राउ परेका खरेललाई आवश्यक कारबाहीका लागि काठमाडौं जिल्ला अदालत पेस गरिएको छ ।

ब्युरोका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शिवकुमार श्रेष्ठका अनुसार, खरेलले ठगी कसुरमा संकलन भएको नगद तथा चेक जम्मा गर्ने, ओसारपसार गर्ने र पीडितहरूबाट असुल गरिएको रकम लिने गिरोहसँग मिलेमतो गरेको अनुसन्धानबाट खुलेको थियो । उनी लामो समयदेखि फरार थिए ।

खरेलमाथि ठगी, लिखत कीर्ते, राज्यविरुद्ध र संगठित अपराधसम्बन्धी कसुर छ ।

प्रकाशित मिति: आइतबार, कात्तिक २३, २०८२  १९:०४
प्रतिक्रिया दिनुहोस्