Dashain Banner
Dashain Banner

दक्षिण कोरिया पठाउन ढिलाइ गरेको भन्दै प्रदर्शन, दुई वर्ष बित्न लाग्यो 

बिहीबार, कात्तिक २०, २०८२

रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत भाषा परीक्षा उत्तीर्ण गरे पनि दक्षिण कोरिया पठाउन ढिलाइ गरेको भन्दै प्रदर्शन गरिएको छ । भाषा र सीप परीक्षा उत्तीर्ण गरेको दुई वर्ष बित्न लाग्दा समेत दक्षिण कोरिया जान नपाएका व्यक्तिहरूले बिहीबार (कात्तिक २०) ललितपुरको ग्वार्कोस्थित वैदेशिक रोजगार विभागअन्तर्गत ईपीएस शाखा घेराउ गरेका हुन् ।

सन् २०२५ का निम्ति एक लाख ६३ हजारजना परीक्षामा सहभागी भएका थिए । उनीहरूमध्ये १७ हजार ३० जना भाषा परीक्षामा उत्तीर्ण भएका थिए । उनीहरूमध्ये अधिकांश हालसम्म करार सम्झौता समेत नभएका कारण दक्षिण कोरिया जान पाएका छैनन् । आफूहरूलाई कोरिया पठाउनुपर्ने उनीहरूको माग छ ।

सन् २००८ देखि दक्षिण कोरियाले ईपीएस प्रणालीमा अदक्ष नेपाली कामदार लैजान थालेको थियो । हाल कोरियामा एक लाख हारहारीमा नेपाली कार्यरत छन् ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २०, २०८२  २०:३६
प्रतिक्रिया दिनुहोस्