सोसल मिडिया
युनिकोड
एनआईसी एशिया बैंक लिमिटेडले सुजित कुमार शाक्यलाई नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नियुक्त गरेको छ।
बैंकको सञ्चालक समितिको कार्तिक १७ गते बसेको ५३६औं बैठकले शाक्यलाई चार वर्षका लागि सीईओमा नियुक्त गरेको हो। गत असोज २ गते रोशनकुमार न्यौपानेले सीईओ पदबाट राजीनामा दिएपछि डेपुटी सिईओ सन्तोसकुमार राठीले कायममुकायमको जिम्मेवारी सम्हालेका थिए।
शाक्य सीईओ नियुक्ति भएसँगै अब सम्बन्धित नियामक निकायको स्वीकृति प्राप्त भएपछि आगामी ३० दिनभित्र कार्यभार ग्रहण गर्ने बैंकले जनाएको छ। कार्यभार ग्रहणपछि आवश्यक जानकारी सार्वजनिक गरिने पनि बैंकले बताएको छ।
शाक्य लामो समयदेखि बैंकिङ क्षेत्रमा कार्यरत रहँदै आएका अनुभवी व्यक्ति हुन्। उनी एनआईसी एशिया बैंककै पूर्व कर्मचारी हुन्। उनी साबिकको बैंक अफ एसियामा कार्यरत थिए। त्यसपछि उनीसँग सिभिल बैंक, जनता बैंक, ग्लोबल आईएमई बैंक र नबिल बैंकमा काम गरेको अनुभव छ।