मौसमका कारण हवाई उडान प्रभावित

शुक्रबार, कात्तिक १४, २०८२

बिहीबारदेखि निरन्तर परेको वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने हवाई उडान प्रभावित भएका छन् ।

प्रतिकूल मौसमका कारण काठमाडौंबाट लुक्ला, पोखरा र ताप्लेजुङका लागि तय भएका नौवटा उडान डिले भएका छन् । यसैगरी, चारवटा माउन्टेन फ्लाइट रद्द भएको विमानस्थल कार्यालयले जनाएको छ ।

यसअघि हिजो पनि मौसममा आएको खराबीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तरराष्ट्रिय दुवै उडान प्रभावित भएका थिए । केही उडान ‘डाइभर्ट’ हुनका साथै भरतपुर र तुम्लिङटार विमानस्थलको उडान बन्द गरिएको थियो ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक १४, २०८२  १०:१२
प्रतिक्रिया दिनुहोस्