लुटपाटमा संलग्न भएको आरोपमा प्रहरीले २ जनालाई समात्यो 

बिहीबार, कात्तिक १३, २०८२

लुटपाटमा संलग्न भएको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । गएराति करिब ११ बजेतिर तारकेश्वर नगरपालिलका–५ गोलढुंगा फूलबारी गेट नजिकै एक युवकलाई लुटपाट गर्ने दुई जनालाई प्रहरीले पक्राउ हो ।

पक्राउ पर्नेमा मकवानपुर भिमफेडी गाउँपालिका–५ घर भई हाल काठमाडौंको बूढानीलकण्ठ बस्ने २६ वर्षीय सूर्य बहादुर घलान र सिन्धुली दुधौली नगरपालिका १० घर भई हाल बूढानीलकण्ठमै बस्ने २३ वर्षीय मनोज चौधरी रहेका छन् ।

बा ४२ प ४०६९ नं.को कालो पल्सर मोटरसाइकलमा आएका उनीहरुले धारिलो हरियार देखाइ एक युवकको साथमा रहेको ब्याग नै लुटेका थिए । खबर पाउनासाथै खटिएको प्रहरी टोलीले उनीहरुलाई मोटरसाइकल र लुटिएको ब्यागसहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनीहरुलाई बालाजु वृत्तमा राखेर थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, कात्तिक १३, २०८२  १०:११
प्रतिक्रिया दिनुहोस्