Dashain Banner
Dashain Banner

एक अर्बमा दुई करोड ठग्ने एमालेका एक नम्बरी पूर्व सांसद खोरमा जाकिए

बुधबार, कात्तिक १२, २०८२

नेकपा एमालेका पूर्वसांसद देवीप्रसाद भट्टचन ठगी आरोपमा पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई मंगलबार ललितपुरबाट पक्राउ गरेको हो।

प्रभु ग्रुपका अध्यक्ष समेत रहेका भट्टचनविरुद्ध यसअघि नै उजुरी परे पनि जोगिँदै आएका थिए। भट्टचनविरुद्ध ९८ करोड रुपैयाँ ठगी गरेको आरोप लगाउँदै प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामाले जाहेरी दिएकी थिइन्।

२०७९ को निर्वाचनमा उनलाई नेकपा एमालेले समानुपातिकको जनजातीतर्फ पहिलो नम्बरमा राख्दै सांसद बनाएको थियो।

प्रकाशित मिति: बुधबार, कात्तिक १२, २०८२  १३:५७
प्रतिक्रिया दिनुहोस्