सोसल मिडिया
युनिकोड
काठमाडौं महानगरपालिकाले हाँडीगाउँ क्षेत्रका अवैध संरचनामा डोजर चलाएको छ ।
नक्साबिना निर्माण भएका अवैध घर–टहरामा डोजर चलाएको महानगरका नगरप्रहरी एसपी विष्णुप्रसाद जोशीले जानकारी दिए ।
“हाँडीगाउँमा अवैधरूपमा निर्माण भएका संरचना भत्काइरहेका छौँ । त्यसपछि थापाथलीमा बाँकी रहेका संरचनाहरू भत्काउदै छौँ,” एसपी जोशीले भने ।
महानगरले लामो समयदेखि आफ्नो क्षेत्रभित्र पर्ने अवैध घर तथा टहरामा डोजर चलाउँदै आएको छ । महानगरले कात्तिक ९ गते आइतबार थापाथलीस्थित गुठी संस्थानको जग्गामा बनेका पक्की घर–टहरामा डोजर चलाएको थियो ।