सोसल मिडिया
युनिकोड
पूर्व ऊर्जामन्त्री एवं नेपाली कांग्रेसका नेता दीपक खड्काले आफ्नो सम्पत्ति छानविन गर्न चुनौती दिएका छन् ।
गृहमन्त्री ओमप्रकाश अर्यालले देश छाडेर भागेको दाबी गरेको एकदिनपछि आफ्नै जलेको घरबाट सार्वजनिक भएका निवर्तमान ऊर्जमन्त्री खड्काले आफ्नो सम्पत्ति छानविन गरेर देखाउन चुनौती दिएका हुन् ।
‘म माथि उठेका विषयमा छानबिन गरे भयो । निष्पक्ष छानबिन होस्, म सहयोग गर्न तयार छु,’ उनले भने, ‘हामी कानुनी राज्यमा विश्वास गर्ने व्यक्ति हौँ । छानबिन होस्, म सहयोग गर्न तयार छु ।’
साथै उनले अहिलेको सरकारमा रहेका र यसअघिका सरकारहरूमा रहेका व्यक्तिहरूको पनि सम्पत्ति छानबिन गर्नुपर्ने माग गरे ।
उनले आफ्ना विषयमा पछिल्ला दिनमा जसरी समाचार आए त्यसले गलत सन्देश गएको बताए । ‘मेरा विषयमा जसरी समाचार आए । सत्तासिन मान्छेले भनेको सुनियो, त्यो गलत थियो,’ उनले भने ।