Dashain Banner
Dashain Banner

नारायणहिटी दरबार अगाडि ‘कागे’ले भेला गरे दर्जनौं काग 

आइतबार, कात्तिक २, २०८२

कागतिहारका अवसरमा कलाकार रमेश दुलाल ‘कागे’ले राजधानीको नारायणहिटी दरबार संग्रहालयद्वारअगाडि ‘२२औँ काग सम्मेलन’सम्पन्न गरेका छन् ।

टप राजधानी रोधी र ग्रीन सिटी अस्पतालको सहआयोजनामा भएको कार्यक्रममा दुलालले आफ्नो विशेष कला प्रस्तुत गर्दै कागलाई आकर्षित गरे । आइतबार (कात्तिक २) बिहान पौने ६ बजे सुरु कार्यक्रममा उनले कागको आवाज निकाल्नासाथ काग भेला भएका थिए ।

दुलालले कागसहित १७३ प्रकारका जनावर र चराचुरुंगीका आवाज नक्कल गर्छन् । मुखकै सहायताले मादल, सनाई, सारंगी, पियानो, ड्रम सेट, मुर्चुंगा र गितारको धुन निकाल्ने कला पनि उनमा छ । 

उनका अनुसार, विगतका वर्षमा उनले रत्नपार्कस्थित शान्ति वाटिका, विमानस्थल परिसरमा त कहिले सामाजिक सन्देशसहित ‘काग सम्मेलन’ गर्दै आएका छन् । दुलालले भने, “कागतिहारको दिन काग सम्मेलन गर्न थालेको अहिले २२ वर्ष भयो । कागलाई यमराजको दूतका रूपमा मानिन्छ । यसपटक भने शुद्ध सांस्कृतिक उद्देश्यले यो सम्मेलन गरेको हुँ ।” 

प्रकाशित मिति: आइतबार, कात्तिक २, २०८२  १०:५४
प्रतिक्रिया दिनुहोस्