Dashain Banner
Dashain Banner

रास्वपा कोषाध्यक्षका पति कामना सेवा विकास बैंकको अध्यक्षमा नियुक्त

आइतबार, असोज २६, २०८२

कामना सेवा विकास बैंकको अध्यक्षमा सुदीप आचार्य नियुक्त भएका छन्।

बैंकको सञ्चालक समितिको बैठकले शुक्रबार आचार्यलाई अध्यक्षमा नियुक्त गरेको हो। उनी डिश होमका सञ्चालकसमेत हुन्। आचार्य पूर्व अर्थमन्त्री स्वर्गीय भरतमोहन अधिकारीका ज्वाई हुन्।  आचार्यकी पत्नी लिजा अधिकारी रास्वपा कोषाध्यक्ष समेत छिन्। 

प्रकाशित मिति: आइतबार, असोज २६, २०८२  १२:०१
प्रतिक्रिया दिनुहोस्